काठमान्डौ असार ३ : चितवनको बकुलहर रत्ननगर अस्पतालमा इन्डोस्कोपी सेवा शुभारम्भ गरिएको छ ।अस्पतालले आफ्नै पहलमा सेवा बिस्तार गर्ने क्रमलाइ जारि राख्दै यो सेवा थप गरेको बताइएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्री गोपाल कर्माचार्य,रत्ननगर नगरपालीका उपमेयर श्री बिमला दुवाडी र अस्पतालको बरिष्ठ मे सु डा विश्व बन्धु बगालेले संयुक्त रुपमा यो सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो। र आगामी दिनमा रतननगर ओरी परीका बासीन्दालाई इन्डोस्कोपी सेवाको लागि भरतपुर जानुपर्ने बाध्यता अन्त्य भएको घोषणा पनि उहांहरुले गर्नुभएकोछ।
प्रतिक्रिया दिनुहोस्