काठमाडौं, ३ असार । सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक लगाएको छ । भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको हो । गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी सूचना निकालेको थियो । सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ । गएको महिनाको अन्तिममा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्