ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनेभामा बाइडेन र पुटिनबीच भेटवार्ता : दुबैले फेरि राजदूत पठाउने सहमति


एबीसी / संवाददाता


काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा झन्डै चार घन्टा वार्ता भएको छ।

बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन्। पछिल्लो समय खस्किँदै गएको अमेरिका-रूस सम्बन्धमा बाइडेन-पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने वार्तापछि उनीहरूले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनबाट देखिन्छ। जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एक-अर्काबारे नराम्रा शब्द त प्रयोग गरेनन् तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि गरेनन्।

दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रूसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो।त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन्। ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन। वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वी क्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए। तर पुटिनले भने रूसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे। राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रूसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए। तर १६ क्षेत्र के-के हुन् भन्ने उनले खुलाएनन्।

रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए।


रूसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलनजस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे। उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।दुई नेताहरूले व्यक्त गरेका फरक(फरक धारणाले उनीहरूबीचको बहुप्रतिक्षित वार्ताले यी दुई शक्ति राष्ट्रबीच जारी तनावपूर्ण सम्बन्ध कायम रहने देखिएको छ।पुटिनसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेन पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com