ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना : ब्राजिलमा बढ्दै, भारतमा घट्दै


एबीसी / संवाददाता

काठमाडौँ, ३ असार ।  विश्वमै महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमण ब्राजिलमा बढ्दै गइरहेको छ । तर भारतमा भने छट्दै छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ८५ हजार आठ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । ब्राजिलमा नयाँ थपिएको सङ्क्रमित सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका बिरामीभन्दा धेरै हो ।

कोरोना महामारी नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेको ब्राजिलमा पछिल्लो समय फेरि सङ्क्रमण बढ्न थालेको छ । महामारी उत्कर्षमा पुग्दा एकै दिन एक लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए ।

नियन्त्रणका क्रममा दैनिक ३० हजार हाराहारीमा झरेको सङ्क्रमण फेरि बढ्न थालेको हो । दैनिक ८५ हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुन थालेको छ ।

ब्राजिलमा हालसम्म एक करोड ७६ लाख २९ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड ६० लाख ३० हजार छ सय एक जना उपचारपछि निको हुँदै डिस्चार्ज भइसकेका छन् ।

एकै दिन ८५ हजार नौ सय ५५ जना बिरामी निको भए । ११ लाख पाँच हजार दुई सय ७६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । पछिल्लो २४ घण्टाभित्र दुई हजार छ सय ७३ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

ब्राजिलमा कोरोना महामारी चरम विन्दुमा पुग्दा एकै दिन तीन हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । त्यो सङ्ख्या घटेर क्रमस एक हजार पाँच सयभन्दा तल झरिसकेको अवस्थामा फेरि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको हो ।

ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ९३ हजार आठ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमितको मृत्यु हुनेमा ब्राजिल विश्वकै दोस्रो नम्बरमा छ । तर सङ्क्रमित सङ्ख्याको हिसाबमा भने ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा सङ्क्रमण घट्दै गइरहेको छ । दैनिक ७० हजारभन्दा तल नयाँ बिरामी थपिने गरेका छन् । यसअघि कोरोना महामारी उत्कर्षमा पुग्दा एक दिनमा चार लाखसम्म नयाँ बिरामी थपिए ।

त्यो सङ्ख्या क्रमस घट्दै ७० हजारभन्दा तल झरेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार एक सय चार जना नयाँ बिरामी थपिएका छन् । विश्वमा ब्राजिलपछि भारतमा नयाँ बिरामी धेरै थपिएका हुन् ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ९६ लाख ९९ हजार तीन सय ६५ पुगेको छ । दुई करोड ८४ लाख ८३ हजार आठ सय ५६ जना सङ्क्रमणमुक्त बनेका छन् ।

एकै दिन एक लाख तीन हजार दुई सय २२ जना निको भए । आठ लाख ३३ हजार पाँच सय ७८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ११ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म तीन लाख ८१ हजार नौ सय ३१ जना सङ्क्रमितको मृत्यु भारतमा भइसकेको छ ।

कोरोनाका कारण धेरै नागरिक गुमाउनेमा भारत विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमित सङ्ख्याको हिसाबमा भने दोस्रो नम्बरमा छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका हो । विश्वका विभिन्न मुलुकमध्ये अमेरिकामा हालसम्म सबैभन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि अमेरिकामै धेरै छ ।

तर पछिल्लो समय अमेरिकाले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको छ । एकै दिन १२ हजार पाँच सय ७६ जना नयाँ बिरामी थपिए ।

महामारीले नराम्ररी प्रभावित भएका समय अमेरिकामा दैनिक एक लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए । हालसम्म तीन करोड ४३ लाख ६४ हजार नौ सय १५ जना अमेरिकी नागरिकमा कोरोना पुष्टि भइसकेको छ ।

दुई करोड ८६ लाख १५ हजार तीन सय ६६ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन ३६ हजार छ सय ६५ जना निको भए ।

५१ लाख ३३ हजार चार सय २१ जना उपचाररत रहेकोमा चार हजार तीन सय १९ जनाको अवस्था चिन्ताजनक छ । अमेरिकामा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।

केही समयअघिसम्म दैनिक दुई हजारभन्दा बढीको मृत्यु भइरहेको अमेरिकामा एकै दिन चार सय छ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वकै सबैभन्दा धेरै छ लाख १६ हजार एक सय २८ जना सङ्क्रमितको मृत्यु अमेरिकामा भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ८१ हजार ५६ जना नयाँ बिरामी थपिए । महामारी उत्कर्षमा पुगेका बेला दैनिक सात लाखभन्दा बढी नयाँ बिरामी थपिन्थे । विश्वमा सङ्क्रमित सङ्ख्या १७ करोड ७७ लाख ८० हजार आठ सय ७० पुगेको छ ।

१६ करोड २२ लाख ७८ हजार एक सय ८८ जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । एकै दिन चार लाख ४६ हजार चार सय आठ जना निको भएर डिस्चार्ज हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एक करोड १६ लाख ५४ हजार सात सय २० जनाको उपचार भइरहेकोमा ८३ हजार ७० जनाको अवस्था गम्भीर छ । विश्वमा दैनिक मृत्यु हुने सङ्क्रमित सङ्ख्या पनि घट्दै छ ।

एकै दिनमा १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेकोमा २४ घण्टाभित्र आठ हजार नौ सय आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वमा ३८ लाख ४७ हजार नौ सय ६२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com