काठमाडौं, २ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको सबैलाई बताउनुभएको हो । उहाले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुनका लागि आग्रह समेत गर्नुभएको छ । त्यसैगरि अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई समेत गराउनुभएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन आयोगमा गएर बैठक नरहेको पत्र दर्ता गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्