काठमाडौं, २ असार । काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।त्यसमध्ये काठमाडौंका ३५४ जना, ललितपुरका ६६ जना र भक्तपुरका ७९ जना छन्।अहिले काठमाडौं उपत्यकामा १२ हजार ७२२ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंका मात्रै ७ हजार ३३७, ललितपुरका ३ हजार ५७ र भक्तपुरका २ हजार ३२८ जना छन्।पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। १३ हजार २२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो।त्यस्तै, ३ हजार ८२ जना भने निको भएका छन् भने संक्रमणबाट थप ५२ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्