काठमाडौं, २ असार । सत्तारुढ नेकपा एमालेको विवाद पार्टी विभाजनको संघारमा पुगेको छ । एमाले भित्रको विवाद र विद्वेषको बाछिटा जनता समाजवादी पार्टीमा पनि परेको छ । कुनै बेलाका राजनीतिक दुश्मन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो बीच सत्ता गठबन्धन हुनसक्नुमा बाह्य शक्तिको चलखेल रहेको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको ठहर छ ।
सत्तारुढ नेकपा एमाले विवाद र विद्वेशको बाछिटा जनता समाजवादी पार्टीमा पनि परेको छ । प्रतिनिधिसभा विघटन प्रतिगमन कि अग्रगमन भन्ने मुद्दामा जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीचमा मत बाझिदै आयो ।
प्रतिनिधिसभा पुर्नस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय संसदमा विश्वासको मत लिदै गर्दा पनि जसपाका ठाकुर–महतो पक्ष तटस्थ रहने बताएपनि यादवले आफूहरुले यसको विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने ठाकुर पक्षले आफ्नो तर्फबाट मधेशका माग र मुद्दाबारे निरन्तर छलफल पनि गर्दै आउनुभएको थियो ।
तर जसपा अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले प्रधानमन्त्री ओलीको प्रतिगमनसँग नजिकिदै जाने र पार्टीलाई कमजोर बनाउने प्रवृत्ति सुरु गरेको उहाँले आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओली र जसपा नेता ठाकुर–महतो गठवन्धन बाह्य चलखेलबाट हुनुका साथै ‘वाह्य चलखेल र हस्तक्षेपको संकेत पाएरै पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति निकालेको दावी गनुभयो । उहाले संवैधानिक आयोगमा समेत सत्तापक्षको छायाँ परेको कारण आयोगहरुले निश्पक्षरुपमा काम नगरेको एवीसी टेलिभिजन संगको कुराकानी बताउनुभयो । उहाँ संग गरिएको विशेष कुराकानी आज राती ९ बजे एबीसी टेलिभिजन र फेसबुक पेज मार्फत प्रशारण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्