ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची बजार बाढीको जोखिममा, हेलम्बुमा ६ जना सम्पर्कविहीन


एबीसी / संवाददाता
असार २, २०७८ बुधबार  ६ : २३ बजे

काठमाडौं, २ असार ।  सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेको र कतै खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीयबासिन्दा त्रसित रहेका उहाँले बताउनुभयो । बजारका बासिन्दाले घर छाडेर केही माथि सरेका छन् । हिजो हेलम्बुमा बाढी पसेको बेला भागेकामध्ये ६ जना अहिले पनि सम्पर्कविहीन छन् ।

नेपाली सेना र नेपाल प्रहरीले उनीहरुले खोजी गरिरहेको तर मोबाइल बन्द रहेकाले राति भेटाउन नसकेको र आज बिहानैदेखि खोजी भैरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । पानी परेसँगै विभिन्न नदीमा पानीको सतह पनि बढेको छ । अहिले नारायणी नदीमा पानीको वहाव बढेकोले म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com