ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाखभन्दा कममा सङ्क्रमण


एबीसी / संवाददाता

काठमाडौं, १ असार । विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाखभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी उत्कर्षमा पुगेका बेला दैनिक सात लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । तर त्यो सङ्ख्या क्रमस घट्दै तीन लाखबाट तल झरेको हो । विश्वमा सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नियन्त्रण, निषेधाज्ञा, लकडाउन र खोपको प्रयोगसमेतलाई जोड दिइएको थियो । नियन्त्रणका लागि अवलम्बन गरिएका उपायले सार्थकता पाउँदा महामारी नियन्त्रणमा केही हदसम्म सफलता मिलिरहेको तथ्याङ्कले देखाउँछ ।

२४ घण्टाभित्र विश्वभर दुई लाख ९२ हजार नौ सय २१ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या यसअघि दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको भन्दा निक्कै कम हो ।

हालसम्म विश्वमा १७ करोड ७० लाख नौ हजार सात सय २० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये १६ करोड ११ लाख ९२ हजार छ सय २५ जना उपचारपछि निको भएका छन् ।

११ लाख ९९ हजार ८२ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार छ सय ९५ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन छ हजार दुई सय ५९ जनाको मृत्यु कोरोनाका कारण भयो । यसअघि दैनिक मृत्यु हुनेको तुलनामा यो सङ्ख्या निक्कै कम हो ।

यसअघि दैनिक १४ हजारभन्दा बढीको मृत्यु विश्वमा कोरोनाका कारण हुने गरेको थियो । विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ३८ लाख २७ हजार १३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या न्यून छ । पछिल्लो २४ घण्टाभित्र आठ हजार सात सय ८१ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड ४३ लाख ३३ हजार पाँच सय २९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८४ लाख ३४ हजार छ सय तीन जना उपचारपछि निको भएका छन् ।

५२ लाख ८३ हजार छ सय ८४ जनाको उपचार जारी छ । उपचाररतमध्ये चार हजार चार सय २६ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन एक सय ७९ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख १५ हजार दुई सय ४२ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा सङ्क्रमण पुष्टि र मृत्यु भएको जम्मा सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा धेरै छ । अमेरिकामा पछिल्लो समय लगभग कोरोना नियन्त्रणनजिक पुगेको छ ।

यसअघि दैनिक एक लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरोनाका कारण दैनिक दुई हजारभन्दा बढीको मृत्यु अमेरिकामा भइरहेको थियो ।

छिमेकी मुलुक भारतमा एकै दिन ६२ हजार पाँच सय ९७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ९५ लाख ७० हजार ३५ पुगेको छ ।

दुई करोड ८२ लाख ७२ हजार सात सय ८० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नौ लाख २० हजार एक सय ९४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन कोरोनाका कारण एक हजार चार सय ५२ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये तीन लाख ७७ हजार ६१ जनाको मृत्यु भारतमा भइसकेको छ ।

भारतमा पनि दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ । मृत्यु हुने सङ्ख्या निक्कै कम भएको छ । महामारी तीव्र रूपमा फैलँदा भारतमा एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।

एक दिनमा छ हजारभन्दा बढीको मृत्यु भएको थियो । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । ब्राजिलमा ४० हजार आठ सय ६५ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ७४ लाख ५४ हजार आठ सय ६१ पुगेको छ ।

एक करोड ५८ लाख ५४ हजार दुई सय ६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ११ लाख १२ हजार एक सय ९३ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन नौ सय २८ सङ्क्रमितको मृत्यु ब्राजिलमा भएको छ । हालसम्म कोरोनाका कारण चार लाख ८८ हजार चार सय चार जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त भइरहेको छ । यसअघि दैनिक एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

एक दिनमा तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com