ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाखभन्दा कममा सङ्क्रमण


एबीसी / संवाददाता
असार १, २०७८ मंगलबार  ६ : ३८ बजे

काठमाडौं, १ असार । विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाखभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी उत्कर्षमा पुगेका बेला दैनिक सात लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । तर त्यो सङ्ख्या क्रमस घट्दै तीन लाखबाट तल झरेको हो । विश्वमा सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नियन्त्रण, निषेधाज्ञा, लकडाउन र खोपको प्रयोगसमेतलाई जोड दिइएको थियो । नियन्त्रणका लागि अवलम्बन गरिएका उपायले सार्थकता पाउँदा महामारी नियन्त्रणमा केही हदसम्म सफलता मिलिरहेको तथ्याङ्कले देखाउँछ ।

२४ घण्टाभित्र विश्वभर दुई लाख ९२ हजार नौ सय २१ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या यसअघि दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको भन्दा निक्कै कम हो ।

हालसम्म विश्वमा १७ करोड ७० लाख नौ हजार सात सय २० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये १६ करोड ११ लाख ९२ हजार छ सय २५ जना उपचारपछि निको भएका छन् ।

११ लाख ९९ हजार ८२ जनाको उपचार जारी छ । उपचाररतमध्ये ८४ हजार छ सय ९५ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन छ हजार दुई सय ५९ जनाको मृत्यु कोरोनाका कारण भयो । यसअघि दैनिक मृत्यु हुनेको तुलनामा यो सङ्ख्या निक्कै कम हो ।

यसअघि दैनिक १४ हजारभन्दा बढीको मृत्यु विश्वमा कोरोनाका कारण हुने गरेको थियो । विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ३८ लाख २७ हजार १३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या न्यून छ । पछिल्लो २४ घण्टाभित्र आठ हजार सात सय ८१ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड ४३ लाख ३३ हजार पाँच सय २९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८४ लाख ३४ हजार छ सय तीन जना उपचारपछि निको भएका छन् ।

५२ लाख ८३ हजार छ सय ८४ जनाको उपचार जारी छ । उपचाररतमध्ये चार हजार चार सय २६ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन एक सय ७९ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख १५ हजार दुई सय ४२ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा सङ्क्रमण पुष्टि र मृत्यु भएको जम्मा सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा धेरै छ । अमेरिकामा पछिल्लो समय लगभग कोरोना नियन्त्रणनजिक पुगेको छ ।

यसअघि दैनिक एक लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरोनाका कारण दैनिक दुई हजारभन्दा बढीको मृत्यु अमेरिकामा भइरहेको थियो ।

छिमेकी मुलुक भारतमा एकै दिन ६२ हजार पाँच सय ९७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ९५ लाख ७० हजार ३५ पुगेको छ ।

दुई करोड ८२ लाख ७२ हजार सात सय ८० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नौ लाख २० हजार एक सय ९४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन कोरोनाका कारण एक हजार चार सय ५२ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये तीन लाख ७७ हजार ६१ जनाको मृत्यु भारतमा भइसकेको छ ।

भारतमा पनि दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ । मृत्यु हुने सङ्ख्या निक्कै कम भएको छ । महामारी तीव्र रूपमा फैलँदा भारतमा एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।

एक दिनमा छ हजारभन्दा बढीको मृत्यु भएको थियो । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । ब्राजिलमा ४० हजार आठ सय ६५ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ७४ लाख ५४ हजार आठ सय ६१ पुगेको छ ।

एक करोड ५८ लाख ५४ हजार दुई सय ६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ११ लाख १२ हजार एक सय ९३ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन नौ सय २८ सङ्क्रमितको मृत्यु ब्राजिलमा भएको छ । हालसम्म कोरोनाका कारण चार लाख ८८ हजार चार सय चार जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त भइरहेको छ । यसअघि दैनिक एक लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका थिए ।

एक दिनमा तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com