काठमाडौं, ३० जेठ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीसँगको छलफलपछि बैठक बोलाउनुभएको हो । असार २ गते बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । २ गतेको बैठक अगाडि माधव नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।केही दिन अगाडि सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्