काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ । दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो ।
एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गरेर विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिएका थिए । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भइ आएकोमा माग बमोजिम अद्यावधिक गर्न नमिल्ने भएकोले दुवै पक्षको कारबाहीलाई खारेज गरिदिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्