बाजुरा १२ पुस । बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिका कार्यलयको समान खरिदको विषयमा विवाद चर्केको छ । कर्मचारी र नगर प्रमुखको मिलो मतोमा कार्यपालिकाको निर्णयबिना लाखौँका समान खरिद गरेको भन्दै जनप्रतिनिधिले विरोध गरेका छन् ।
आर्थिक समितिको अनुमति तथा नगर कार्यपालिकाको निर्णय बिना कार्यकारी अधिकृत त्रिलोक चन्द्र र लेखा अधिकृत कृष्ण शाहीले मनोमानी करिब ५० लाख बराबरका समान खरिद गरेको आरोप जनप्रतिनिधिले लगाएका छन्।
![]() दशैँ लगत्तै ल्याउन लागिएका समान प्रक्रियाअनुसार खरिद गर्न नगरपालिका उपप्रमुख कविता विष्टले निर्देशन दिएपछि केही समय रोकिए पनि पुनः नगरप्रमुखको मौन समर्थनमा समान खरिद गरिएको श्रोतको दाबी गरेका छन । न्यून गुणस्तरका समान आएपछि मात्र तल्लो तहका कर्मचारी र आफुले जानकारी पाएको उपप्रमुख कविता विष्टले बताए ।
१० लाख रुपैयाँभन्दा माथिको समान खरिद गर्नुपर्ने भए टेन्डर प्रक्रियामा जानु पर्ने प्रावधान छ। कमिसनको चक्करमा नियमविपरीत सामान खरिद गरिएकोले त्यसको जिम्मेवार नगरपालिका कार्यालय नहुने उपप्रमुख कविता विष्टको बताए । उनले कमिशनको लोभमा नियमविपरीत काम गर्नेलाई नछोड्ने बताइन्। नगरपालिका स्रोतका अनुसार ५० लाख रुपैयाँ भन्दा बढीको सामान खरिद गर्दा पेश्कीसमेत श्रेणीविहीन कर्मचारी टिप्पर चालक गोरख बहादुर बोहराको नाममा निकाल्न लगाइएको छ।
बोहराले रकम उल्लेख नगरी भरपाईमा हस्ताक्षर गर्न लेखा अधिकृत कृष्ण शाही र कार्यकारी अधिकृत त्रिलोक चन्द्रले दबाब दिएको बताएका छन्। हस्ताक्षर नगरे जागिरबाट हटाउने र हाजिर समेत नलगाउने भनेर धम्की दिएपछि आफू हस्ताक्षर गर्न बाध्य भएको उनको गुनासो छ। अन्य कर्मचारीले पेश्की लिन नमानेपछि टिप्पर चालकलाई प्रयोग गरिएको नगरपालीकाका कर्मचारी र जनप्रतीनिधीहरु बाट स्रोत खुल्लासा भएको छ ।
सुरुमा ५ लाख पेश्की रकम निकालिएको छ। स्टेशनरी, सोफा, कुर्सी, दराज सहितका समान खरिद गरिसकिएको छ। नगरप्रमुख पदम बडुवाल, कार्यकारी अधिकृत र लेखा अधिकृतको मिलोमताको मोटो रकम कमिशन खाने मनसायका साथ हतार हतारमा समान खरिद गरिएको कर्मचारीहरूको भनाई छ। लेखा अधिकृत कृष्ण शाहीले भने वार्षिक कार्यक्रम स्वीकृति गरिसकेपछि कार्यान्वयनका सबै चरणमा सोधिरहनु पर्ने विषय नभएको बताए। ’हामीले नगरप्रमुखकै सल्लाहमा नेपालजगञ्जबाट समान ल्याका छौँ’, उनले भने, ’कार्पेट च्यातिएको रहेछ। सम्बन्धित पसलमा फिर्ता पठाईइसकेका छौँ।’
कार्यकारी अधिकृत त्रिलोक चन्द्रले आफूहरुले प्रक्रियामा रहेर नै नगर प्रमुखको सर्मथनमा समान ल्याएको र कुनै लाभको मनसाय नभएको बताए। उनले नगरपालिकामा कर्मचारी नभएको अवस्थामा आफूहरुको नाममा निकाल्न नमिल्ने भएपनि ५ लाख बराबरको पेश्की चालकको नाममा निकाल्न खोजेको बताए। सामान कहाँबाट खरिद गरिएको हो भन्ने शाहीले खुलाउन चाहेनन्। समान किन्न सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने भए पनि हचुवाका भरमा काम गरिएको कर्मचारीहरूको दावी छ। नगर प्रमुख पदम बडुवालले सामान खदिरको विषय नगरसभाले पास गरेको बताए। उनले आफू धनगढीमा रहेकाले अन्य विषय जानकारी नभएको बताए ।
|
प्रतिक्रिया दिनुहोस्