ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट : बलियो टिम अस्ट्रेलियाको सामना गर्दै नेपाल


एबीसी / संवाददाता


काठमाडौं, २८ जेठ । विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार ९आज० बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

एसियाली फुटबलको पावरहाउस मानिने अस्ट्रेलियाविरुद्ध मैदान उत्रँदा नेपाललाई कठिन पर्ने देखिएको छ । अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टिम हो । समूह ‘बी’ मा अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । अष्ट्रेलिया अपराजित रहने समूहको एकमात्र टिम हो । नेपाल भने चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।

खेलको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्ध आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन् ।

‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौँ’, उनले भने, ‘अहिले त्यसको नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’

यता, अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध खेल्न उत्साहित रहेको बताए । नेपाल कडा मेहनत गर्ने टोली रहेको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको सुनाए ।

‘नेपालसँग खेल्ने फरक शैली छ र उनीहरूले पछाडिबाट खेल्ने कोसिस गरिरहेका छन् । प्रशिक्षकले पनि राम्रो काम गरिरहेका छन् । हामी नेपाललाई सम्मान गर्छौँ, उनीहरू एउटा मेहनती टिम हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com