ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले हटाएका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


एबीसी / संवाददाता
जेष्ठ २७, २०७८ बिहीबार  ९ : ५० बजे

काठमाडौं, जेठ २७ । नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यबाट हटाएका चार सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशसँगै एमालेको माधव नेपाल पक्षका सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सभा सदस्यमा पुनर्बहाली भएका छन् । उनीहरूले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

तर आज प्रकाशमान सिंह राउतको एकल इजलासले नेकपा एमालेको दशौँ महाधिवेशन राष्ट्रिय आयोजक कमिटीले प्रदेश सभा सदस्यहरूलाई हटाएको देखिएको तर महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएकाले प्रदेश सभा सदस्यबाट हटाउन नमिल्ने भन्दै अन्तरिम आदेश दिएको हो ।

कुनै पनि सदस्यलाई हटाउनुअघि केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्नुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा प्रक्रिया पुर्‍याएर हटाउन सकिने स्मरण गराउँदै अदालतले केन्द्रीय कमिटीको निर्णय नभइ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ ।

यस्तो छ आदेश–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com