ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाखबाट ओरालो लाग्यो भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्या


एबीसी / संवाददाता

काठमाडौं,२५ जेठ ।  कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि निक्कै सङ्कटपूर्ण अवस्थाको सामना गरेको छिमेकी मुलुक भारतमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या एक लाखबाट ओरालो लागेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार तीन सय ४५ जना नयाँ सङ्क्रमित थपिए । नयाँ थपिएका बिरामीको सङ्ख्या दोस्रो भेरियन्टपछि दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको सङ्ख्याभन्दा निक्कै कम हो ।

महामारीको रुप लिएको कोरोनाका कारण विश्वकै ध्यान खिच्ने गरी नराम्ररी प्रभावित बनेको भारतमा यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिँदै आएका थिए । एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

दैनिक थपिने कोरोना सङ्क्रमितको सङ्ख्या ओरालो लाग्दै जाने क्रममा भारतमा दोस्रो भेरियन्टपछि पहिलो पटक एक दिनमा एक लाखभन्दा कम सङ्क्रमित थपिएका हुन् । यसलाई भारतले महामारी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको रुपमा लिइएको छ ।

भारत आफैले पनि कोरोनाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई लगाइरहेको छ । अरु मुलुकलाई पनि खोप उपलब्ध गराउँदै आएको थियो । कोरोनाले कहालीलाग्दो अवस्था बनाएपछि भने भारतले अरु मुलुकमा खोप निर्यात रोकेको थियो ।

भारतमा नयाँ थपिने सङ्क्रमित सङ्ख्या उच्च हुँदा उपचार गराउने ठाउँको अभाव भएको थियो । स्वास्थ्य संस्था सङ्क्रमितले भरिएर उपचार निक्कै असहज बनेको हो ।

गम्भीर अवस्थाका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन अभावको सामना पनि भारतले गर्नुपर्ने अवस्था आयो । एकै दिन चार हजारभन्दा बढीको मृत्यु हुँदा सङ्क्रमितको शव व्यवस्थापन निक्कै सकसपूर्ण बनेको थियो ।

तर पछिल्लो समय दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गएपछि भारतको अवस्था सामान्यतर्फ उन्मुख हुँदै छ । भारतमा अहिले १३ लाख आठ हजार आठ सय छ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ सङ्क्रमितको अवस्था गम्भीर छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ७३ लाख ३६ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ८९ लाख ९६ हजार नौ सय ४९ पुगेको छ ।

सङ्क्रमितमध्ये तीन लाख ५१ हजार तीन सय ४४ जनाको मृत्यु भइसक्यो । एकै दिन दुई हजार एक सय १५ सङ्क्रमितको मृत्यु भयो ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमित र मृत्यु हुने सङ्ख्याको हिसाबले पहिलो नम्बरमा अमेरिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com