काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको छ। आजै दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटे गर्नुभएको थियो । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको वैठक सकेर नेपाल बूढानिलकण्ठ पुग्नुभएको स्रोतले बताएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सार्नुभएको थियो । त्यसलगत्तै प्रचण्ड सक्रिय हुनुभएको छ । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्