ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेतीको स्वरुप बदलियो: धान झुल्ने फाँटमा अब कागती


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  २ : ३७ बजे


 बागलुङ २३ जेठ 

एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायिक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन् ।

बागलुङ नगरपालिका १४ अर्माहाका किसानले झण्डै साढे दुई सय रोपनी जग्गा एकीकृत गरी व्यवसायिक  खेती  शुरुआत गरेका थिए । यस वर्ष पनि यसलाई थप विस्तार गर्ने जनाएका छन् । चासो कृषक समुहमा आबद्ध ६२  किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन् । उनीहरुले खेती थालेको जग्गा भने बागलुङ–१२ सहेंलाको फाँटमा पर्छ ।

गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन् ।“हाम्रो योजना ६ हजार बिरुवा ३ सय रोपनी जग्गा पु¥याउने हो,” समूहका अध्यक्ष केशव सुवेदीले भन्नुभयो, “एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।” सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन् । सहेंलामा खेतीयोग्य जमिन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ सो खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन् । 

“उहाँहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ,” नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो,“सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।” पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्षपनि थपिने दुई हजार विरुवा सुन कागती–२ जातकै हो । एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै रु २० लाख अनुदान पाएका छन् । 

“एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले बिक्री गर्दा सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिएला,” अध्यक्ष सुवेदी भन्नुहुन्छ, “विरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ ।” एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो । पाँचवर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जनाएको छ ।

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com