ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीकोटमा बन्न सकेनन पहिरो पिडितका घर


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  २ : २९ बजे



कालीकोट २३ जेठ
गत वर्षको बर्खायाममा बाढीपहिरामा परेर घरबारविहीन भएका कालीकोटका पहिरोपीडितका अझै घर बन्न सकेका छैनन् । पहिराबाट घरबारविहीन भएकालाई प्रदेश सरकारले आवासका लागि रकम दिएको भए पनि उनीहरुको जग्गा नहुँदा घर बन्न नसकेका हुन् ।

गत वर्ष बर्खाको पहिराले कालीकोटमा एक हजार १४४ घरमा क्षति पु¥याएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार नरहरिनाथ गाउँपालिकामा २९१, रास्कोट नगरपालिकामा ३६१, शुभकालिका गाउँपालिकामा १३४, खाँडाचक्र नगरपालिकामा ७२, पचालझरना गाउँपालिकामा ५०, तिलागुफा नगरपालिकामा ३८, सान्नी त्रिवेणी गाउँपालिकामा १९२ र महाबै गाउँपालिकामा छ घरपरिवार पहिराबाट विस्थापित भएका थिए । 

पहिराबाट घरबारविहीन भएका प्रतिपरिवार आवास निर्माणका लागि प्रदेश सरकारले रु तीन लाखका दरले रकम दिएको भए पनि कसैको जग्गा नहुँदा आवास निर्माणमा समस्या भएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “विस्थापित भएकामध्ये प्रदेश सरकारको सहयोगमा ५० परिवारका लागि आवास थालिएको छ, बाँकी परिवारलाई बजेट अभावमा पुनस्र्थापनाको प्रक्रियासमेत शुरु गर्न सकिएको छैन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पठाएको रु एक करोड ५० लाखबाट प्रतिघर रु तीन लाख पर्ने गरी घर निर्माणको काम भइरहेको छ, अरू परिवारलाई त बर्खामा पनि पाल, छाप्रो र छिमेकीको गोठमै बस्ने बाध्यता छ ।”

निर्माणाधीन घर पनि निर्माण सामग्री अभावमा अझै अधुरै रहेको अध्यक्ष विष्टले जानकारी दिनुभयो । रास्कोट नगरपालिकामा त पहिरो पीडितका लागि घर निर्माण अझै शुरु भएको छैन । कर्णाली प्रदेश सरकारले रु तीन करोड ३० लाख बजेट दिए पनि सुरक्षित बस्ती बसाल्न ठाउँ छनोटको यकिन नहुँदा काम शुरु हुन नसकिएको रास्कोटका उपप्रमुख मिमसरा बमले जानकारी दिनुभयो । “एकीकृत बस्ती बसाल्ने नगरपालिकाको योजना रहेको छ”, उहाँले भन्नुभयो, “जग्गाको छनोट गर्न नसक्दा बस्ती बसाल्न समस्या भएको हो ।”

पहिराका कारणले घर बगाएकाहरु अहिले अर्काको घरको गोठमा आश्रय लिएर बस्नुपर्ने बाध्यता छ । घर बाढीपहिराले लगेका कारणले सात महिनादेखि छिमेकीको गोठमा बस्दै आएको नरहरिनाथ–४ तल्लो गोठीकी सुन्तला दर्जीले बताउनुभयो । “छिमेकीको गोठमा बस्न थालेको सात महिना पुग्यो, गत वर्ष साउनमा पहिराले घर बगाएपछि परिवारका नौ सदस्य गोठ बस्ने गरेका छौँ”, उहाँले सुनाउनुभयो ।

पहिराले घर बगाउँदा शुरुका तीन महिना त पाल टाँगेर बसेको र चिसो बढ्दै गएपछि छिमेकीको गोठमा बस्न थालेको दर्जीले बताउनुभयो । “चिसोले सबै परिवार बिरामी पर्न थालेपछि छिमेकीको गोठमा बस्न थालेका हौँ”, उहाँले भन्नुभयो, “अहिले पनि त्यो त्रासदी सम्झेर डर लाग्ने गरेको छ ।” साउनमै पहिराले घर बगाएपछि सोही गाउँका धनसुर बुढाको परिवार पनि छिमेकीको गोठमा बसेको छ । जग्गाको समस्याले घर बनाउन नसकिएको बुढाले बताउनुभयो । “अहिलेसम्म त जेनतेन बाँचिएकै छ, बर्खा शुरु भएपछि गोठमै पानी पस्ला भन्ने चिन्ताले सताइरहन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म न घर बनाउन सकिएको छ, न त राम्रो बासको व्यवस्था भएको छ ।” 

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com