ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्धकारमा बस्न बाध्य बैतडी र दार्चुलाका स्थानीय


admin

बैतडी, १२ पुस। आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छ ।
लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

लेकम गाउँपालिका–१ चौडमा रहेको ११.५ किलोवाट क्षमता भएको दानुगाड लघुविद्युत् आयोजना पाँच महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानीय मानबहादुर कार्कीले जानकारी दिनुभयो । लघुजलविद्युत् आयोजना बन्द हुँदा मोबाइल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

तीन वर्ष अगाडिदेखि सञ्चालनमा दानुगाड लघुविद्युत् आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ ।

विद्युत् सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत् प्रवाह हुने गरेको लेकम गाउँपालिका–१ सेजालीका कमला कार्कीे जानकारी दिनुभयो । भोल्टेजमा घटबढ हुँदा मोबाइल सेट, चिम तथा बल्बका साथै विद्युतीय उपकरण बिग्रिने गरेको छ उहाँले भन्नुभयो, “महिलाले घरायसी काम गर्न राति अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्द हुँदा समस्या हुने गरेको छ ।”

पाँच महिनादेखि लघुजलविद्युत् आयोजना बन्द हुँदा लेकम गाउँपालिका–१ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

तीन वर्षअघि राजाकोट युवा क्लबको पहल तथा गरिबी निवारण कोषको रु ३९ लाख तथा साविकको शर्मोली गाविसको रु दुई लाख गरी कूल ४१ लाखमा आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो ।

गत भदौमा मेसिनमा खराबी आएकाले मर्मत गर्न आर्थिक समस्या रहेको दानुगाड लघुजलविद्युत् आयोजनाका अध्यक्ष जनार्दन भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका आर्थिक सहयोगका लागि अनुरोध गरेका छौँ, सहयोग पाएमा छिट्टै मर्मतको तयारीमा छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

पेट्रोल र डिजलको मूल्य घट्यो

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख !

किन अहिले आइफोन किन्नु हुँदैन ?

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com