ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक आयो


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  १२ : २३ बजे


चितवन, २१ जेठ
यहाँका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् ।

जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका छन् । उहाँका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९१८ थान पुस्तक आइसकेका छन् । उहाँले भन्नुभयो, “कक्षा ६ मा तीन विषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ, ती पुस्तक पनि यही जेठ २३ गते आइतबारसम्म आइपुग्ने छन् ।” 

पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको उहाँले बताउनुभयो । तीन विषयका ७५ हजार किताब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलब्ध गराउँदै आएको छ । 

ती जिल्लाका ३४  व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको बिष्टले बताउनुभयो । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएमा किताबको अभाव नहुने उहाँको भनाइ छ ।

केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले वितरण नगर्ने उहाँले जानकारी दिनुभयो । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४९४ का पुस्तक आइसकेका छन् । 

जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल सङ्ख्या एक लाख ५० हजारभन्दा बढी रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ हजार ३३९ विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पु¥याउने छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ ।  केन्द्रले आइसकेका पुस्तक यही जेठ २४ गतेदेखि वितरणको प्रक्रिया शुरु गर्ने जनाएको छ ।  

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com