ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा १६ लाख ४२ हजार सक्रिय सङ्क्रमित : ८ हजार ९४४ जनाको अवस्था गम्भिर


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  ६ : ३८ बजे

काठमाडौं, २१ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजारभन्दा बढी रहेको छ ।
शुक्रबार बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजार आठ सय ३२ रहेको हो । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ ।

भारतमा केही समयअघिसम्म ५० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा एकै दिन चार लाखभन्दा बढी नयाँ बिरामी थपिँदा सक्रिय सङ्क्रमित पनि धेरै थिए ।

दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिँदा उपचार गराउने ठाउँको पनि अभाव भएको थियो । अक्सिजन नपाएर धेरैको मृत्यु भयो । तर भारतमा पछिल्लो समय सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको छ ।

सङ्क्रमण पुष्टि भएकाहरु धमाधाम निको हुँदै घर फर्किएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो । कतिपयको मृत्यु पनि भयो । केही अघिसम्म दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भारतमा हुने गरेको थियो ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ३१ हजार तीन सय ७१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोनाबाट बिरामी हुनेको सङ्ख्या दुई करोड ८५ लाख ७२ हजार तीन सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ६५ लाख ८८ हजार आठ सय आठ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । धेरै सङ्क्रमित उपचार सफल भएपछि कोरोनामुक्त बनेका हुन् ।

भारतमा एकै दिन दुई हजार सात सय छ जना सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण मृत्यु हुने भारतीय नागरिकको सङ्ख्या तीन लाख ४० हजार सात सय १९ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

के आपत आइलाग्यो ? फेरि ओली झापा हिंडे ?

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com