ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव


एबीसी / संवाददाता
जेष्ठ १९, २०७८ बुधबार  ४ : १६ बजे



जेरुसेलम, १९ जेठ –– इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ ।

इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।

चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहनु भएको छ ।

साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख हुनुहुन्थ्यो । साथै उहाँ संसदमा विपक्षी दलको नेता पनि रहनु भएको थियो । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठ्नु भएको थियो ।

उहाँ इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत हुनुहुन्थ्यो । उहाँका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहनु भएको थियो ।

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उहाँ मोरक्कोबाट सानैमा इजरायल आउनु भएको थियो । उहाँले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नु भएको छ । उहाँका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ ।

सन् २०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक “इजरायल प्राइज”बाट सम्मानित गरिएको थियो । यदि निर्वाचित भए उहाँ इजरायलको पहिलो महिला राष्ट्रपति बन्नु हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।

विजयी उम्मेदवारले वर्तमान राष्ट्रपति रुभेन रिभलिनलाई प्रतिस्थापन गर्नेछन् । उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । राष्ट्रप्रमुखका रुपमा रहने भए पनि इजरायलको राष्ट्रपति सम्मानित पद मात्र हुन्छ, र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ ।(एपी)
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com