उदयपुर, ११ पुस । उदयपुरमा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ती गम्भिर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सल्लेबाट गाईघाट तर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाऊपालिका ६ सिपिनी पाखामा मंगलबार दुर्घटना भएको हो । उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार जीपमा सवार त्रियुगा नगरपालिका १० का कमल मगरको मत्यु भएको छ भने रौतामाई गापा ४ का जीप चालक रत्न मगर र निर्मला राई, भक्त सार्की गम्भिर घाईते भएका छन ।
जीवमा सवार मृर्तक मगर र गम्भिर घाईते हुने मगर, राई र सार्कीमध्ये शन्देश राई भने सकुल रहेको प्रहरीले जानकारी दिएको छ । ‘शन्देश नाम गरेको १४ वर्षे बालक हाम फालेर सकुस भएका छन भन्ने जानाकरी आएको छ,’ एसपी भट्टले भने, ‘जीप भिरमा पुगेर अड्किएको जानकारी आएको छ, प्रहरीको टोली जाँदै छ ।
एबीसी रिर्पोटर विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्