ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ – बेलायत


एबीसी / संवाददाता

काठमाडौं,१७ जेठ ।  बेलायतको जासुसी संस्थाले पनि कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ । अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

जासुसी संस्थाले भाइरस प्रयोगशालाबाट बाहिरिएको बताएसँगै बेलायतका खोप मन्त्री नदिम जहावीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन थप अनुसन्धानहरु गर्न आग्रह गर्नुभएको छ । भविष्यमा प्रयोगशालाहरुको कमजोरीका कारण मानव स्वास्थ्यमा आउन सक्ने समस्याहरु रोक्न पनि कोरोना भाइरसको उत्पत्तिबारे तथ्यहरु सार्वजनिक हुनुपर्ने मन्त्री जहावीले बताउनुभएको छ ।

अमेरिकाले लामो समयदेखि कोरोना भाइरस वुहानको एउटा प्रयोगशालाबाट बाहिरिएको दाबी गर्दै आएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र अनुसन्धान प्रतिवेदन दिन जासुसी संस्थालाई निर्देशन दिइसक्नुभएको छ।

चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि वुहानमै पुगेर गरेको अध्ययनपछि भाइरस प्रयोगशालाबाट बाहिरिएको हुन नसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com