ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर हालसम्म १७ करोड १० लाख छ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि : ३५ लाख ५६ हजार १९ जनाको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं,१७ जेठ । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ४१ लाखभन्दा बढी रहेको छ ।

विश्वभर हालसम्म १७ करोड १० लाख छ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ८८ हजार सात सय ६७ नयाँ बिरामी थपिए । सङ्क्रमण यकिन भएको आधारमा सक्रिय सङ्क्रमितको सङ्ख्या निक्कै कम हो ।सङ्क्रमण पुष्टि भएकामध्ये अधिकाङ्श निको भइसकेका छ । १५ करोड ३२ लाख ७८ हजार दुई सय २७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

विश्वमा हाल एक करोड ४१ लाख ७२ हजार छ सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा सात हजार ३७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म विश्वभर कोरोनाका कारण ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ ।

विश्वमा यसअघि दैनिक सात लाखभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुने गरेको थियो । त्यो सङ्ख्या अहिले आधामा झरेको छ । विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ लाख ९२ हजार पाँच सय १५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये छ हजार एक सय १६ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र सात हजार छ सय २५ नयाँ बिरामी थपिए । दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको सङ्ख्यामा यो निक्कै कम हो । यसअघि अमेरिकामा दैनिक ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण यकिन हुने गरेको थियो ।

अमेरिकामा जम्मा सङ्क्रमित तीन करोड ४० लाख ४२ हजार नौ सय ४३ पुगेका छन् । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ४० हजार आठ सय ८४ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन एक सय २४ अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भयो । केही समयअघिसम्म दैनिक दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो । अमेरिकामा कोरोना सङ्क्रमित छ लाख नौ हजार पाँच सय ४४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार तीन सय एक रहेको छ । कोरोनाको भयानक अवस्थासँग जुधिरहेको छिमेकी मुलुक भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार चार सय ८५ जनामा कोरोना देखियो । यसअघि चार लाखसम्मलाई कोरोना देखिँदै आएको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा छ । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ४६ हजार नौ सय ५७ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार पाँच सय २९ जना उपचारपछि निको भएका छन् । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन हजार एक सय २९ जनाको मृत्यु कोरोनाका कारण भयो ।

यसअघि दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित तीन लाख २९ हजार एक सय २७ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख ४० हजार चार सय ४५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाभित्र ४३ हजार पाँच सय २० जना नयाँ बिरामी थपिए । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख १५ हजार एक सय २० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४९ लाख १२ हजार सात सय ४४ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा एकै दिन सात सय ८९ जना बिरामीको मृत्यु भयो । यसअघि दैनिक दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।

ब्राजिलमा हालसम्म चार लाख ६१ हजार नौ सय ३१ जनाको मृत्यु कोरोना सङ्क्रमणका कारण भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com