ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना विभागको कार्ड नहुँदा पत्रकारलाई समस्या


एबीसी / संवाददाता

 भक्तपुर, १५ जेठ  :
 निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ ।
सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मी सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नुपरेको छ ।
कतिपय पत्रकारले कार्यक्षेत्रमा नगई फर्कनु परेको छ भने कतिपयले आफ्नो चिनेको प्रहरीसँग हारगुहार गर्दै जानुपर्ने अवस्था आएको कोटेश्वरबाट नागरिक दैनिकका एक सञ्चारकर्मीले बताउनुभयो ।
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र अन्य सेवासुविधा दिन नसक्ने भन्दै सम्बन्धित सञ्चारगृहले नियुक्तपत्र नदिँदा धेरै पत्रकारले मात्रै होइन सम्पादक तहमा कार्यरत सञ्चारकर्मीले समेत विभागद्वारा जारी गरिएको परिचयपत्र पाउन सकेका छैनन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले सूचना विभागले जारी गरेको परिचयपत्र नहुने पत्रकारलाई बोटोमा नै रोकेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयसँग सहजीकरणका लागि पहल गरिएको जानकारी दिनुभयो ।
मिडिया हाउसको परिचयपत्र र पत्रकारको ज्याकेटको दुरुपयोग भइरहेको जनाउँदै उहाँले सरकारले त्यसलाई नियन्त्रण गर्ने र कार्यक्षेत्रमा खटिने पत्रकारलाई समस्या नपर्ने गरी विभागले जारी गरेको, मिडिया हाउसले जारी गरेको वा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्रमध्ये एउटाले पनि हिँड्न पाउने व्यवस्था गर्नका लागि महासङ्घले पहल गरेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले माथिको आदेशअनुसार नै कार्यक्षेत्रमा खटिएका प्रहरीले पास नहुने सबैलाई रोकेको जनाउँदै पत्रकारले पनि प्रशासनले गरेको व्यवस्थाअनुसार चलिदिनुपर्ने बताउनुभयोे ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना विभागद्वारा जारी परिचयपत्र नहुनेलाई सम्बन्धित मिडिया हाउसको सिफारिसमा प्रशासनले पास बनाइदिने व्यवस्था गरेको जानकारी दिनुभयो । विभागले दिएको परिचयपत्र वा प्रशासनले जारी गरेको पास नहुनेलाई भने रोक लगाइने उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com