ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको पर्खाइमा हिस्तानको महभिर झरना


admin
पुस ११, २०७४ मंगलबार   १२ : ३०   बजे

 

काठमाडौं , ११ पुस । प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको महभिर झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो । बेनी–जोमसोम सडकमा सवारीसाधनमार्फत दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरेपनि नजिकै रहेको महभिर झरना सुनसान हुने गर्छ ।

पहाडको फेदीमा करिब १०० मिटर माथिबाट खस्ने महभिर भरना निकै आकर्षक र मनमोहक रहेको स्थानीयवासी मिलन गर्बुजाले बताउनुभयो । छङछङ गर्दै झर्ने झरनामा इन्द्रेणी लाग्दा अझै मनमोहक देखिने गर्छ । पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ ।

उक्त झरना नजिकै मन्दिर पनि रहेको छ, जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ । बेनी–जोमसोम सडकदेखि दश मिटर नजिकै रहेको झरना बाटैबाट देखिन्छ । केही पर्यटक गाडीबाट ओर्लिएर झरना नजिकै पुगेर अवलोकनसँगै तस्वीर खिच्ने पनि गरेका छन् ।

घेराबार, विश्रामस्थल, पार्किङस्थल, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेको छैन । यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोनिङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको ७ नं वडाका अध्यक्ष गमबहादुर फगामीले महभिर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि यो वर्ष वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । महभिरका बासिन्दासँग छलफल गरेर सवारी पार्किङ, रेलिङ, विश्रामस्थल र पदमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।

यसैगरी सडक छेउमा झरनाका बारेमा जानकारीमूलक बोर्ड राखिने भएको छ । पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।

झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group