काठमाडौँ, १२ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाखनजिक पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार सात सय ५८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख ९८ हजार आठ सय ३५ पुगेको हो ।
एकै दिन विश्वमा पाँच लाख नौ हजार ७५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ८४ लाख ९५ हजार एक सय २५ पुगेको छ ।सङ्क्रमितमध्ये १५ करोड एक लाख दुई हजार पाँच सय ४७ जना उपचारपछि निको भएका छन् । एक करोड ४८ लाख ९३ हजार सात सय ४३ जनाको उपचार भइरहेकोमा ९६ हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन छ सय २८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख पाँच हजार एक सय ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार एक सय ३४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख ४४ हजार दुई सय ४६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७६ लाख चार हजार पाँच सय ७९ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । अमेरिकामा ५७ लाख ३४ हजार पाँच सय चार जनाको उपचार जारी रहेकोमा छ हजार आठ सय ५१ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख आठ हजार आठ सय ८६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका कोरोना सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७१ लाख ५६ हजार तीन सय ८२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४३ लाख ४३ हजार दुई सय ९९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।
२५ लाख एक हजार छ सय ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन भारतमा चार हजार एक सय ७२ जना सङ्क्रमितको मृत्यु भयो ।२४ घण्टाभित्रमा मृत्यु हुने सङ्ख्या पनि विश्वका अन्य मुलुकको भन्दा उच्च हो । कोरोना प्रभावित मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ११ हजार चार सय २१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
ब्राजिलमा एकै दिन दुई हजार एक सय ९८ जना सङ्क्रमितको मृत्यु भयो । २४ घण्टाभित्र भारतपछि मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ब्राजिलमा धेरै रहेको छ । हालसम्म चार लाख ५२ हजार दुई सय २४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र ७४ हजार आठ सय ४५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६१ लाख ९५ हजार नौ सय ८१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
एक करोड ४६ लाख ४८ हजार तीन सय ३२ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । १० लाख ९५ हजार चार सय २५ सङ्क्रमितको उपचार भइरहेको छ । ब्राजिलमा उपचाररत सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्