काठमाडौं, ११ जेठ । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ लाख २९ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।एकै दिन आठ हजार तीन सय आठ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र थपिएका नयाँसहित विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ७९ लाख ६३ हजार दुई सय १३ पुगेको छ ।सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ९३ लाख ७१ हजार दुई सय ५४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
एक करोड ५१ लाख पाँच हजार छ सय २७ जनाको उपचार जारी छ । उपचार गराइरहेकामध्ये ९७ हजार सात सय ४२ जनाको अवस्था गम्भीर छ ।विश्वमा एकै दिन आठ हजार तीन सय आठ जनाको कोरोनाका कारण मृत्यु भयो । विश्वभर हालसम्म कोरोना सङ्क्रमित ३४ लाख ८६ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ ।विश्वमा दैनिक नयाँ थपिने र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसलाई सङ्क्रमण नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास केही हदसम्म सफल हुँदै गएको रुपमा लिइएको छ ।
कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा २४ घण्टाभित्र १६ हजार सात सय ६१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख १८ हजार तीन सय १६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७५ लाख ५८ हजार सात सय ६४ जना निको भएर घर फर्किएका छन् । ५७ लाख ५५ हजार एक सय ७४ जनाको उपचार जारी रहेकोमा छ हजार आठ सय ८४ जनाको अवस्था गम्भीर छ ।एकै दिन अमेरिकामा दुई सय ८४ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख चार हजार तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।अमेरिकामा पनि नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि दैनिक ५० हजारभन्दा सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको दैनिक मृत्यु भइरहेको थियो ।नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र एक लाख ९५ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ बिरामी थपिने भारतमा पछिल्लो समय त्यो सङ्ख्या कम हुँदै गइरहेको छ ।
जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ६९ लाख ४७ हजार चार सय ९६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४० लाख ४७ हजार सात सय ६० जना उपचारपछि निको भएका छन् ।२५ लाख ९२ हजार चार सय ८७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।एकै दिन भारतमा तीन हजार चार सय ९८ जना सङ्क्रमितको मत्यु भयो । भारतमा सङ्क्रमितको मृत्यु दर पनि कम हुँदै गएको छ । यसअघि दैनिक चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।
हालसम्म कोरोनाका कारण तीन लाख सात हजार दुई सय ४९ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा एकै दिन ३७ हजार पाँच सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६१ लाख २१ हजार एक सय ३६ पुगेको छ ।एक करोड ४५ लाख ५२ हजार ४२ जना उपचारपछि निको भएका छन् । ११ लाख १९ हजार ८६ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा आठ सय ४१ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या चार लाख ५० हजार २६ पुगेको छ ।ब्राजिलमा पनि दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।








प्रतिक्रिया दिनुहोस्