ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा दैनिक सङ्क्रमित सङ्ख्या कम हुँदै, मृत्यु दर बढ्दै


एबीसी / संवाददाता

काठमाडौं, १० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा दैनिक भेटिने सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै गइरहेको छ ।

दैनिक सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहँदा मृत्यु दर भने बढ्दै गइरहेको छ । भारतमा यसअघि एक दिनमा चार लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए । मृत्यु हुनेको सङ्ख्या चार हजार हाराहारीमा थियो ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार आठ सय ३५ जनामा कोरोना यकिन भयो । यो सङ्ख्या अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो । तर एक दिनमा चार लाख हाराहारीमा नयाँ बिरामी थपिने भारतका लागि भने यो सङ्ख्या निक्कै कम हो ।

विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ५१ हजार छ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३७ लाख २० हजार नौ सय १९ जना उपचारपछि निको भएका छन् ।

२७ लाख २७ हजार ११ जनाको उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ । कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार चार सय ५५ जनाको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो ।

भारतमा एकै दिन यतिधेरै सङ्क्रमितको मृत्यु भएको यो नै पहिलो हो । भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख तीन हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

भारतले कोरोनाविरुद्धको खोप आफै उत्पादन गरेर नागरिकलाई लगाउन थालेको छ । विश्वका विभिन्न मुलुकमा पनि खोप निर्यात गरिरहेको छ । तर खोप उत्पादन गरेर नागरिकलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित रहेको भारतमा केही समययता सङ्क्रमण दर उच्च बनेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com