ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा दैनिक सङ्क्रमित सङ्ख्या कम हुँदै, मृत्यु दर बढ्दै


एबीसी / संवाददाता
जेष्ठ १०, २०७८ सोमबार  ७ : १४ बजे

काठमाडौं, १० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा दैनिक भेटिने सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै गइरहेको छ ।

दैनिक सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहँदा मृत्यु दर भने बढ्दै गइरहेको छ । भारतमा यसअघि एक दिनमा चार लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए । मृत्यु हुनेको सङ्ख्या चार हजार हाराहारीमा थियो ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार आठ सय ३५ जनामा कोरोना यकिन भयो । यो सङ्ख्या अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो । तर एक दिनमा चार लाख हाराहारीमा नयाँ बिरामी थपिने भारतका लागि भने यो सङ्ख्या निक्कै कम हो ।

विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ५१ हजार छ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३७ लाख २० हजार नौ सय १९ जना उपचारपछि निको भएका छन् ।

२७ लाख २७ हजार ११ जनाको उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ । कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार चार सय ५५ जनाको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो ।

भारतमा एकै दिन यतिधेरै सङ्क्रमितको मृत्यु भएको यो नै पहिलो हो । भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख तीन हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

भारतले कोरोनाविरुद्धको खोप आफै उत्पादन गरेर नागरिकलाई लगाउन थालेको छ । विश्वका विभिन्न मुलुकमा पनि खोप निर्यात गरिरहेको छ । तर खोप उत्पादन गरेर नागरिकलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित रहेको भारतमा केही समययता सङ्क्रमण दर उच्च बनेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

सम्बन्धित

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com