काठमाडौं, ९ जेठ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५५ लाखभन्दा धेरै रहेको छ । १६ करोड ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भइसक्दा १४ करोड ७९ लाखभन्दा धेरै निको भइसके । ३४ लाख ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्वमा हालसम्म एक करोड ५५ लाख ७६ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित रहेका हुन् । सक्रिय सङ्क्रमित उपचाररत अवस्थामा छन् । उपचार गराइरहेकामध्ये ९७ हजार छ सय ३० जनाको अवस्था चिन्ताजनक छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ५८ हजार २५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ७० लाख २३ हजार छ सय ६४ पुगेको छ ।सङ्क्रमितमध्ये १४ करोड ७९ लाख ७९ हजार चार सय एक जनाको उपचार सम्भव भएको हो । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
एकै दिन विश्वमा १० जार तीन सय ८१ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ३४ लाख ६७ हजार आठ सय ८१ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ५८ लाख सात हजार दुई सय २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचार गराइरहेका उनीहरुमध्ये सात हजार दुई सय ३५ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १७ हजार आठ सय ५८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३८ लाख ८० हजार पाँच सय ५२ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ६९ हजार छ सय ६९ जना उपचारपछि निको भएका छन् । ५८ लाख सात हजार दुई सय २१ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ ।
एकै दिन अमेरिकामा चार सय ५४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म अमेरिकामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख तीन हजार आठ सय ६२ पुगेको छ ।छिमेकी मुलुक भारतमा उपचाररत सक्रिय सङ्क्रमितको सङ्ख्या २८ लाख ११ हजार २७ रहेको छ । तीमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
एकै दिन भारतमा दुई लाख ४३ हजार सात सय ७७ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमितको सङ्ख्या दुई करोड ६५ लाख २८ हजार आठ सय ४६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३४ लाख १८ हजार पाँच सय २३ जना उपचारपछि निको भएका छन् ।एकै दिन भारतमा तीन हजार सात सय ८८ जनाको मृत्यु कोरोनाका कारण भयो । अन्य मुलुकभन्दा भारतमा २४ घण्टाभित्रमा अत्याधिक धेरै सङ्क्रमितको मृत्यु भएको हो ।
भारतमा हालसम्म मृत्यु सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार दुई सय ९६ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा ११ लाख ३६ हजार सात सय १६ सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
एकै दिन ७१ हजार दुई सय ८३ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६० लाख ४७ हजार चार सय ३९ पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४४ लाख ६२ हजार चार सय ३२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार सात सय ६४ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ४८ हजार दुई सय ९१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्