काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने हुनुभएको छ । ओलीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषद बैठकमा सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीको भनाई छ । बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको एक स्रोतले जनाएको छ ।
बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्