ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनावमा बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा : कस्को पक्षमा कति मत ?


एबीसी / संवाददाता
जेष्ठ ६, २०७८ बिहीबार  ६ : ४२ बजे

काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका-४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ । मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन आयोगले जनाएको छ।

उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य १ जनाको मत बराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको १ मत बराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्रदेशभित्र ११० प्रदेशसभा सदस्यको ५ हजार २८० र ११९ स्थानीय तहका २३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जम्मा ९ हजार ५६४ मत रहेको छ । तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६३२ मत छ । नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १०४ मत छ । माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १०४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ । नेमकिपाका २ सहित अन्य ८ प्रदेशसभा सदस्य छन् ।

स्थानीय तहतर्फ एमालेका १३३ अध्यक्षरउपाध्यक्ष रहेको ओली पक्षको दाबी छ । उनीहरू सबैले एमालेमै मतदान गरे २ हजार ३९४ मत थापालाई थप हुनेछ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ । नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com