ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके र रूपन्देहीमा कोरोनाबाट थप २६ जनाको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, ५ जेठ ।  बाँकेमा उपचाररत् थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ।
मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेका २५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार कोहलपुरमा बेलुकी साढे ८ बजे रुकुम पश्चिमको सानोभेरी नगरपालिका–११ का ३६ वर्षीय पुरुष मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई गरिएका ३ गते भर्ना गरिएको थियो ।

त्यस्तै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरुषको राति ८ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।बर्दिया बढैयाताल गाउँपालिका–२ का ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बेलुकी ९ बजे मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति ११:३० बजे मृत्यु भएको छ ।

भेरीमै कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएकी उनलाई ३ गते भर्ना गरिएको थियो ।कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । उनको जेठ ४ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ३ बजे मृत्यु भएको अस्तपालले जनाएको छ ।

कोहलपुरमै नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको बिहान चार बजे मृत्यु भएको छ । रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर परीक्षण गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।नेपालगन्ज–४ का ६७ वर्षीय पुरुषको भेरीमा बिहान ४ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । वैशाख २२ गते पीसीआर परीक्षण गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ४ बजे मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर परीक्षण गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । उनको बिहान ५ बजे मृत्यु भएको हो ।बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ५ बजे मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर परीक्षण गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । उनको बिहान साढे ५ बजे मृत्यु भएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २९ गते भर्ना गरिएकी उनको ३१ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ६ :३० बजे मृत्यु भएको छ । यसैवीच रुपन्देहीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पत्रकारको उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षीया महिला , यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुषको , बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३ः१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् । उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राती १२ः४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षीय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षीय पुरुषको मध्यराति १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो । यता अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनाको आज बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार बैशाख २८ गेते देखि अस्पतालको इमर्जेन्सीमा रहेर उपचार गराईरहेकी बुटवल १३ की ८० वर्षिया महिलाको आज बिहान ६ः५८ बजे मृत्यु भएको छ भने मंगलबार इमर्जेन्सीमा भर्ना भएका ओमसतिया रुपन्देहीका ४७ वर्षिय पुरुषको पनि आज बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com