ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५ नमुना परीक्षण गर्दा ३४ मा ट्रिपल म्युटेन्ट: विश्वव्यापी चासोको भेरिएन्ट – डब्लूएचओ


एबीसी / संवाददाता

काठमाडौं, ५ जेठ ।  भारतमा केही समयअघि देखिएको कोरोना भाइरसको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) नेपालमा पनि पाइएको छ । अत्यधिक संक्रामक यो नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मे १० (वैशाख २७) मा ‘विश्वव्यापी चासोको भेरिएन्ट’ भनी घोषणा गरेको छ ।

सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको ट्रिपल म्युटेन्ट (तीन पटक उत्परिवर्तन) भेरिएन्ट नेपालमा व्यापक रूपमा फैलिरहेको अध्ययनले देखाएको छ । सातवटै प्रदेशबाट ‘र्‍यान्डम’ तरिकाले संकलित ३५ वटा नमुनालाई डब्लूएचओको समन्वयमा भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुना अर्थात् ९७ प्रतिशतमा ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) र एउटा नमुना अर्थात् तीन प्रतिशतमा डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

योसँगै हालसम्म मुलुकमा ट्रिपल म्युटेन्ट (बी.१.६१७.२) डबल म्युटेन्ट (बी.१.६१७.१) र बेलायती (बी.१.१.७) गरी तीनवटा भेरिएन्टको पुष्टि भएको हो । यसअघि गत चैतको मध्यतिर गरिएको सिक्वेन्सिङमा बेलायती भेरिएन्ट (बी.१.१.७) र भारतमै देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) पाइएको थियो । हाल ट्रिपल म्युटेन्ट भेरिएन्ट ३१ देशमा र डबल म्युटेन्ट भेरिएन्ट ३४ देशमा देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरूको नमुना संकलन गरिएको थियो । ती नमुना ६ वर्षे बालकदेखि ८४ वर्षेसम्मका व्यक्तिको लिइएको थियो ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ट्रिपल म्युटेन्ट भेरिएन्टकै कारण चार–पाँच सातायता संक्रमण उच्च दरले बढेको छ । यो ट्रिपल भेरिएन्टको सर्ने दर धेरै उच्च देखिएको छ । यसले सबै उमेर समूहलाई असर पार्छ भने कम उमेरका व्यक्तिलाई पनि अक्सिजन चाहिने बनाउछ  । जनस्वास्थ्यका हिसाबले बढी असर पार्ने भएकाले ट्रिपल म्युटेन्टलाई डब्लूएचओले चासोको भेरिएन्ट भनेको हो । विभिन्न मुलुकमा गरिएको प्रारम्भिक अध्ययनमा ट्रिपल म्युटेन्ट भेरिएन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने र उल्लेख्य मृत्यु गराउने देखिएको छ । नेपालमा यो बेलायती भेरिएन्टभन्दा बढी संक्रामक देखिएको प्रारम्भिक आकलन छ । ‘नेपालमा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) भेरिएन्ट पाइएको छैन, अब जनस्वास्थ्यको मापदण्ड झन् कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन्। ‘नयाँ भेरिएन्ट व्यापक देखिएकाले सरकारले आइसोलेसन, क्वारेन्टाइन लगायतका जनस्वास्थ्य मापदण्ड पालना गराउने रणनीतिलाई थप कडाइका साथ पालना गर्न जरुरी छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com