ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण


एबीसी / संवाददाता
जेष्ठ ४, २०७८ मंगलबार  १० : ३६ बजे

पाँचथर, ४ जेठ । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।

आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ”, स्थानीयवासी दिलकुमार खुदाङले भन्नुभयो, “धेरै जना हुँदा भौतिक दूरी कायम गरेर बस्न र राख्नसमेत गाह्रो परिरहेको छ ।” मास्क र स्यानिटाइजरसमेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ ।

“गाउँभरिमा १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका छन्”, खुदाङले भन्नुभयो, “निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौँ ।” कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदासमेत सरकारी निकायले पर्याप्त चासो नदिएको उहाँको गुनासो छ ।

सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ पुष्टि भयो । हिलिहाङ–३ का स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भन्नुभयो, “परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।” हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ–५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।

हिलिहाङ–५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् । “हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन”, स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भन्नुभयो, “अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।” हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताउनुहुन्छ । सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।

गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताउनुभयो । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट टे«ेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताउनुभयो । “तर गाउँबस्तीमा सङ्क्रमित थपिँदै जाँदा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभयो । प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका–११ नांगीन, याङवरक गाउँपालिका–१ च्याङथापू, फालेलुङ गाउँपालिका–२ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन ।

निषेधाज्ञा दुई साता थपियो

पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण जिल्लामा निकै तीव्ररूपमा फैलिँदै गएको भन्दै सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार तथा मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी ढकालले मध्यरात १२ बजेदेखि यही जेठ १७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । गत वैशाख २७ गते जारी भएको निषेधाज्ञाको समय गएराति सकिएको थियो ।

निषेधाज्ञाअनुसार सर्वसाधारणले अत्यावाश्यक काम तथा औषधि उपचारको प्रबन्धका लागि मात्रै घरबाहिर निस्कन पाउनेछन् । यस अवधिमा अन्य कुनै पनि भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ । सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा स्थगन गर्न निर्देशन दिइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले सातामा तीन दिन मात्रै सेवा दिन पाउने भएका छन् । सहकारी तथा वित्तीय संस्थाले घरघरमा गई रकम सङ्लन गर्ने कार्यसमेत बन्द हुने भएको छ ।

व्यापार व्यवसायतर्फ फलफूल, दूध तथा दुग्धजन्य पदार्थ र सागसब्जी बिक्री गर्ने पसल सबै दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् । खाद्यान्न, एलपी ग्यास, निर्माण सामग्रीलगायत बिक्री गर्ने पसल आइतबार, मङ्गलबार र शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्न पाउने भएका छन् । जिल्लामा हालसम्म १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com