काठमाडौं, ४ जेठ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । जेठ २ गते अस्पताल भर्ना भएका अर्घाखाँचीको खनदह–३ का ४३ वर्षीय पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । त्यस्तै, वैशाख २८ गते भर्ना भएका रुपन्देहीको सियारी गाउँपालिका–३ का २९ वर्षीय पुरुषको सोमबार साँझ ७ बजे, जेठ २ गते भर्ना भएका तिलोत्तमा–२ का ७९ वर्षीय पुरुषको साँझ ५ बजे मृत्यु भएको छ ।बुटवल–१२ का ४० वर्षीय पुरुषको पनि सोमबार अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्