ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके र लुम्बिनीमा कोरोनाबाट थप १५ जनाको मृत्यु


एबीसी / संवाददाता
जेष्ठ ३, २०७८ सोमबार  २ : ५८ बजे

नेपालगञ्ज, ३ जेठ । पछिल्लो २४ घण्टामा बाँके र लुम्बिनीमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा गएरातीदेखि सोमबार बिहान १० बजेसम्म थप एघार जनाको मृत्यु भएको हो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप एघार जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षिय पुरुष, भिमदत्त नगरपालिका–३ कंचनपुरका ५५ वर्षिय पुरुष, तुलसिपुर उपमहानगरपालिका– १० दाङ्गकी ३८ वर्षिय महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षिया महिला, पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षिय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षिय महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

सोही प्रकारले तुलसीपुर दांगका ४८ वर्षिया महिला, खजुरा गापा ३ बाँकेका ६७ वर्षिया महिला र कैलारी गापा ५ कैलालीका ३८ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २४० र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १९२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।सो केन्द्रका अनुसार गत केही दिन यता आएर संक्रमित भेटिने क्रममा धेरै कमी आएपनि मृत्यु हुने क्रम भने कम भएको छैन । यसैबीच लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल धागो कारखानाको कोरोना अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चारमध्ये दुईजनाको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा र दुईजनाको बुटवल धागो कारखानाको कोरोना विशेष आईसोलेसन अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार वैशाख ३१ गते कोरोना संक्रमण पुष्टी भई जेठ २ गते अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका सैनामैना नगरपालिका १ का ३८ वर्षिय पुरुषको सोमबार बिहान ६.३० बजे मृत्यु भएको छ ।

त्यस्तै वैशाख २० गते इमर्जेन्सी वार्डमै भर्ना भएकी सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्षीया महिलाको सोमबार बिहान ६।४५ मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताउनु भयो । यस्तै वैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएकी सैनामैना–१ की ७७ वर्षकी महिलाको जेठ २ गते दिउँसो १।३५ बजे मृत्यु भएको छ । उनी वैशाख ३० गते धागो कारखानाको कोभिड अस्थायी अस्पताल भर्ना भएकी थिइन् ।
यसैगरी वैशाख २८ गते कोरोनो संक्रमण देखिएका बुटवल–३ का ५६ वर्षका पुरुषको जेठ २ गते दिउँसो कोरोना अस्पताल बुटवलमा भर्ना भएकोमा सोही दिन आईतवार साँझ ७।५४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com