ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्देशन: अभाव र प्रकृयागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनु नपरोस


एबीसी / संवाददाता
जेष्ठ २, २०७८ आईतबार  ३ : २४ बजे

काठमाडौं, १ जेठ  । आर्थिक स्रोतको अभाव र प्रकृयागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै तत्काल प्रकृयागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओली समेत सहभागि हुनु भएको थियो ।

सिसिएमसीले प्रधानमन्त्रीको निर्देशन अनुसार तत्काल काम अघि बढाउने समेत निर्णय गरेको बैठक पछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । सामाग्री खरिद प्रकृयादेखि अन्य काम समेत कानुनी रुपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बड्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सिसिएमसीले अक्सिजन उद्योगले खपत गरेका विद्युत महसुलमा छुट दिने, भारतबाट निर्यात गरिदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने , ट्याङकर र सिलिण्डर आपूर्ती बढाउने लगायतका निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले चीनबाट चार सय थान र ओमनबाट ५६१ थान सिलिण्डर ल्याइ सकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिण्डर ल्याउने काम भएकाले अव अक्सिजनको समस्या खेप्नु नपर्ने समेत ज्ञवालीले बताउनुभयो । कोरोना भाईरस संक्रमणको संख्या हेर्दा अघिल्लो सातामा ५६ हजार र यो साता ६३ हजार पुगेको थियो भने ३ दिन देखिको तथ्याङक हेर्दा संक्रमितको संख्या कम हुदै गए पछि संक्रमणको ग्राफ कम हुँदै जाने विश्वास समेत सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com