काठमाडौं, २७ वैशाख । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । सोमबार केहीबेर अघि उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताउनुभएको हो ।
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, प्रधानमन्त्रीले भन्नुभएको छ , ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ माधव नेपाल पक्षका २२ संसदले भने आजको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्