काठमाडौं, २७ बैशाख । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताउनुभएको छ । उहाँले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिनुभयो । माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताउनुभयो । ‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो। हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन । सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं ।
प्रतिक्रिया दिनुहोस्