ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने ( यस्तो छ संसदीय अंक गणित)


एबीसी / संवाददाता
बैशाख २७, २०७८ सोमबार  ६ : ४७ बजे

काठमाडौं, २७ बैशाख ।   आज बैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने तयारी गर्नुभको छ । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लाग्नु भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्नुभएको हो । यसैबीच आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले राखेको उक्त बैठकले कोरोना संक्रमण भएका सांसदलाई पनि मतदानको व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन गाह्रो हुने देखिएको छ। नेकपा एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ। तर एमालेभित्र विवाद उत्कर्षमा पुगेकोले माधव नेपाल पक्षका सांसदले मतदान गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ । नेता नेपाल पक्षले आज बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई आफूहरूका माग सम्बोधन गर्न समय दिएका छन्। गत फागुन २८ का निर्णयबाट पछि हट्दै ओली २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पुर्‍याएर क्रियाशील बनाउनुपर्ने पक्षमा नेपाल पक्ष छ।

यसैबीच नेता नेपालले ६ बुँदे पत्र लेख्दै आफूहरूले उठाएका माग पूरा नभए सामूहिक राजीनामा दिने बताउनुभएको छ । साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने बताएको छ । जनता समाजवादी पार्टीले ह्वीप जारी नगर्ने बताएको छ । संसदमा नेकपा एमालेका १२१ सांसद छन्। ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्छ। यस्तै कांग्रेसका दुई निलम्बितसहित ६३, नेकपा माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद संसदमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com