काठमाडौं, २६ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् ।
आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले सोमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो ।माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै गर्न नचाहेको सङ्केत मिलेको चौधरीको भनाइ छ ।ओलीले अपिल निकाल्दै सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्