काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताउनुभएको छ । आज बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो।आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता के हुँदैछ भनेर आफूहरूले प्रधानमन्त्रीसँग सोधेको नेता महतोले बताउनुभएको एक स्रोतले जनाएको छ जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका रहेको बताउनुभयो स्रोतले भन्यो ।यस्तै अध्यक्ष ठाकुर र महतोलाई प्रधानमन्त्री ओलीले विश्वासको मतबारे कुरा के हो भनेर सोधेका थिए।‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्,’ महतोले भन्नुभयो , ‘विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं भनेका छौं।’ महतो निकट स्रोतले भन्यो ।








प्रतिक्रिया दिनुहोस्