काठमाडौं, २६ बैशाख । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ । परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो । बैठकमा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनुहुन्छ । लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा छन्।
प्रतिक्रिया दिनुहोस्