ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ र कैलालीमा थप १३ कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
बैशाख २६, २०७८ आईतबार  ८ : ५६ बजे

काठमाडौँ, २७ वैशाख । नोवेल अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते भर्ना भएको तर उपचारकै क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सुनील देवले बताउनुभयो । यस्तै, नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो। यसैवीच कैलालीका विभिन्न अस्पतालमा शनिबार राती ४ घण्टाको बीचमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।संक्रमित र मृत्युदर उल्लेख्य रहेको कैलालीमा शनिबार साँझ पौने ८ बजेदेखि साढे ११ बजेको बीचमा ६ जनाले ज्यान गुमाएका हुन् ।

साँझ पौने ८ मा मा कन्चनपुरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही समयमा टिकापुरमा ५० बर्षका पुरुषको मृत्यु भयो । उनलाई शनिबारै संक्रमण पुष्टि भएको थियो ।८ बजेर ५६ मिनेटमा धनगढीमा धनगढीकै ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । उनलाई पनि शनिबारनै संक्रमण पुष्टि भएको थियो ।१७ गते संक्रमण पुष्टि भएका कैलाली लम्कि चुहाका २३ वर्षका युवकको राती पौने १० मा मृत्यु भयो । उनको निजी अस्पतालमा उपचार भइरहेको थियो ।२५ गते संक्रमण पुष्टि भएका टिकापुरका ५० वर्षका पुरुषको राती सवा १ण् बनजे मा मृत्यु भएको हो । राती साढे ११ मा धनगढीकी ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई पनि शनिबार नै संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com