काठमाडौं, २५ बैशाख । नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अहिले मुलुकको ध्यान कोरोना ९कोभिड–१९० भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्