काठमाडौं, २४ बैशाख । बाँकेमा कोरोना संक्रमणबाट एकै घरका ३ दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–३ सदरलाइन निवासी एकै घरका ३ दाजुभाइ रहेका छन् । उनीहरुको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो ।
उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो । कान्छा भाइको मृत्यु भएको भोलिपल्ट राइँला भाइको मृत्यु भएको थियो । शुक्रबार बिहान काइँला भाइको मृत्यु भएको हो ।
बजारमा व्यवसाय गर्दै आएका उनीहरु सात भाइ थिए । हालसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्