काठमाडौं, २४ काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराउनुभएको । जित सुनिश्चति भएपछिमात्रै थापालाई उम्मेदवारी बनाउने बताएको एमालेले शुक्रबार बिहानमात्रै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत उहाँका समर्थक बस्नुभएको छ । उहाँ उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट हेटौंडा पुग्नु भएको हो ।मनोनयन दर्ताका लागि वाग्मती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा एमाले नेतासहितको टोली थापासँगै प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । यसअघि कांग्रेस(माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्