काठमाडौं, २४ काठमाडौं। वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराउनुभएको हो । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहुनुभएको थियो । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ।
प्रतिक्रिया दिनुहोस्